नियम ६
सवारी दुर्घटना नियन्त्रण गर्ने
(१) सैनिक प्रहरीले सवारी दुर्घटना रोकथाम गर्न मुख्य मुख्य बाटो, नाका वा चोकमा अस्थायी चेक पोष्ट खडा गर्न वा मोवाइल वा
पैदल गस्ती गर्न सक्नेछ ।
(२) सैनिक सवारी साधनको दुर्घटना भएको सूचना प्राप्त भएमा यथासक्य चाडो दुर्घटना स्थलमा पुगी सैनिक प्रहरीले अनुसूची–१ बमोजिमको ढाचामा प्रारम्भिक ट्राफिक दुर्घटना प्रतिवेदन तयार गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिमको प्रारम्भिक दुर्घटना प्रतिवेदनको आधारमा सैनिक प्रहरीले अनुसूची–२ बमोजिमको ढा“चामा अन्तिम ट्राफिक दुर्घटना प्रतिवेदन तयार गर्नेछ र सो प्रतिवेदन कार्यरथी विभाग (प्राड विवाक) समक्ष पेश गर्नु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम पेश भएको प्रतिवेदनको आधारमा कार्यरथी विभागका विभागीय प्रमुखले दोषी देखिएको सैनिक सवारी चालक उपर प्रचलित कानून बमोजिम कारबाही गर्न वा गराउन सक्नेछ ।